April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पत्रकार महासंघको विधानको कार्यान्वयन नगर्दा निर्धारित समयमा निर्वाचन हुन सकेन

705

काठमाडौं। नेपाल पत्रकार महासंघको निर्वाचनको मिति अन्योल भई महासंघमा देखिएको वर्तमान समस्या र आगामी नेतृत्वको भूमिकाका विषयमा क्रियाशिल पत्रकारहरूले चासो, चिन्ता व्यक्त गरेका छन् ।

क्रियाशिल पत्रकारहरुको साझा मोर्चाले आइतबार काठमाडौंको आयोजना गरेको अन्तक्रिया कार्यक्रमका वक्ताहरुले नेपाल पत्रकार महासंघको विधान बमोजिम कार्य नगर्दा निर्धारित समयमा निर्वाचन हुन नसकेको निष्कर्ष निकालेका छन् ।

श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले पत्रकार महासंघको महाधिवेशन हुनु ६ महिनाअघि नै सदस्यता नवीकरण हुनैपर्ने र नयाँ सदस्यता बन्द गर्ने विधानको प्रावधानलाई बेवास्ता गर्दा महासंघ बाहिरका स्वार्थ समूहलाई महासंघ नेतृत्वले निर्वाचनमा खेल्ने पर्याप्त अवसर दिएको आरोप लगाए ।

Advertisement

महासंघबाट विदा भएपछि अन्य राजनीतिक लाभका लागि संस्थाको गरिमा नै सिध्याउने काम पनि पछिल्ला अवधिका केही नेतृत्वले गरेको उनको टिप्पणी थियो।

महासंघको वर्तमान वा पछिल्ला केही नेतृत्व सत्ता स्वार्थका लागि महासंघलाई उपयोग गर्ने यत्नमा तल्लीन रहेकाले पछिल्लो समस्या आएको जैसीले बताए ।

पत्रकारको व्यावसायिक हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मूलतः श्रमजीवी पत्रकारको पेशा सुरक्षा गर्दै सञ्चार क्षेत्रको समग्र एवम् सम्पूर्ण विकासको मूल ध्येय, लक्ष्य र दायित्वका लागि महासंघ चाहिएको हो”, जैसीले भने ।

प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवर्धन गर्ने, पत्रकारको भौतिक, सामाजिक तथा पेशागत सुरक्षा सुनिश्चितता गर्न सक्ने नेतृत्व आजको आवश्यकता रहेको उनको भनाई थियो ।

कार्यक्रममा प्रेस मञ्च नेपालका मनोज यादवले ठूला भनिएका राजनीतिक दल निकटका पत्रकारहरुको सिण्डिकेटका कारण साना दल निकटका पत्रकारका संगठनहरुले बोल्न पनि नपाउने र उनीहरुले बोलेपनि माग सुनुवाई नुहँदा मधेश प्रदेशका अधिकाँश पत्रकार महासंघका जिल्लाहरुमा अझै तालाबन्दी भइरहेको बताए ।

पत्रकार महासंघको बर्तमान नेतृत्व साझा चरित्रको नहुँदा सदस्यता सुद्धिकरण, सदस्यता नकवीकरण र नयाँ सदस्यता प्रदानमा समस्या भएको जिकिर गरे ।

प्रेस नेपालका उपाध्यक्ष श्याम कुमार यादवले पत्रकार महासंघको हैकमवादी प्रबृत्ति अन्त्य गर्न सबै कृयाशील पत्रकारहरुलाई आह्वान गरे ।

पत्रकार महासंघमा हावी भएको व्यक्तिगत तथा राजनीतिक पूर्वाग्रह सधैंका लागि अन्त्य गर्दै अगाडि बढ्न कानुन उपचारको बाटो रोज्नुपर्नेमा उनको जोड थियो ।

त्यसैगरी प्रगतिशील पत्रकार महासंघका प्रकाश थापामगरले पत्रकार महासंघको विवादको मुख्य विषय सदस्यता सुद्धिकरण नै हो भन्दै सुर्खेतमा भएको साधारणसभाले पास गरेका बुँदा अक्षरस पालना नगरी महासंघको वर्तमान समस्या हल नहुने बताए ।

अन्तरक्रिया कार्यक्रममा फोनिका अध्यक्ष गजुरधन राईले पेशागत, समावेशी र पक्षधर पत्रकारहरुलाई महासंघले बाहेस गर्न नहुने तर्क पेश गरे ।

उनले महासंघले गर्ने हरेक निर्णय सामूहिकतामा हुनुपर्ने भन्दै महासंघका संस्थापक अध्यक्षको विवाद बारे उठेका सवाल तत्काल समाधान हुनुपर्ने माग गरे ।

लोकतान्त्रिक राष्ट्रिय छापामाध्यमका अध्यक्ष दामोदरप्रसाद दवाडीले पत्रकारका समस्याका बारेमा महासंघ नबोल्नु आश्चार्यको विषय भएको भन्दै सकृय पत्रकारिता गरिरहेका पत्रकारहरुलाई किन सदसिता दिँदैन भन्दै प्रश्न गरे ।

क्रियाशिल प​त्र​कार्ह​रुको साझा मोर्चा का स​न्योज​क योगेन्द्र​ प्र​ताप शाहिले प्रेस काउन्सिलले पत्रपत्रिका बर्गीकरणको नतिजामा ज्यादती गरेको भन्दै त्यसकाबिरुद्ध आवाज उठाउन सबै पत्रकारहरुलाई आह्वान गरे ।

साथै बिज्ञापन बोर्डले हालै प्रकाशन गरेको सूचनाप्रति पनि आपत्ति जनाए ।

कार्यक्रममा समाजवादी पेस संग​ठ​नका लेखनाथ सिकारुले पत्रकार महासंघले सबै वर्ग र पक्षको प्रतिनिधित्व गर्नुपर्ने भन्दै महासंघ महासंघ जस्तो बनाउन सबै पक्षको प्रतिनिधित्वलाई साझा ढंगले समेटेर जानु राम्रो हुने बताए । उनले सदस्यता सुध्दिकरणका नाममा कृयाशिल पत्रकारहरु समेत यो वा त्यो नाममा छुटेको प्रति महासंघको ध्यानाकर्षण समेत गराए । देखिएका समस्या समाधान गरी चाँडो निर्वाचनको मिति तोक्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्यहरु दीपेन्द्र कुँवर, माधव दुलाल, राष्ट्रिय दलित पत्रकार मञ्चका अध्यक्ष गोपाल बराइलीले पत्रकार महासंघमा पत्रकारलाई मात्र सदस्यता दिनुपर्ने भन्दै शुद्धिकरणका नाममा क्रियाशील पत्रकारहरूको सदस्यता कटौती गरिएकोमा पत्रकार महासंघको बर्तमान नेतृत्व आलोचित र असफल भएको बताए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीले पत्रकार महासंघमा पत्रकारलाई मात्र सदस्यता दिनुपर्ने भन्दै सुद्धिकरणका नाममा कृयाशील पत्रकारहरुको सदस्यता कटौती गरिएकोमा पत्रकार महासंघको बर्तमान नेतृत्व आलोचित र असफल भएको बताए ।

अन्तरक्रियामा क्रियाशील पत्रकारहरुको साझा मोर्चाका सचिव योगेश खपाङ्गीले मोर्चाको अवधारणाबारे अवगत गराएका थिए भने श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसी, संयोजक योगेन्द्र शाहीले महासंघको आगामी नेतृत्व चयनका बारेमा अझ व्यापक छलफल र अन्तक्र्रिया गर्दै साझा चरित्रको व्यक्ति छनोट गर्न मोर्चा सबै पत्रकार र संघ संगठनहरूसँग सहकार्य गर्ने बताए ।