नवलपरासीमा केवलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ । बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केवलकार प्रालिको टप स्टेशनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको ज्यान गएको हो ।
मृत्यु हुनेमा बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने वर्ष २५ का गोरख राउत कुर्मी रहेका छन् । दुर्घटना बिहीबार राति भएको भए पनि शुक्रबार त्यहाँ कार्यरत अन्य कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।