ललितपुर । काठमाडौंको नयाँ बसपार्कस्तिथ बसभित्र शव भेटिएको छ । करिब दुई महिनाअघि देखि पार्किङ गरेर राखेको बसमा मंगलबार शव भेटिएको प्रहरीले जनाएको छ ।
बा.२ ख २३४४ नम्बरको बसको बायाँ पट्टिको पछाडिको सिटमा सुनसरीको इटहरी उप–महानगरपालिका–१३ घर भएका करिब ३७ वर्षका प्रह्लाद अधिकारी मृत भेटिएका हुन् ।
भेटिएको शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँ र वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेका छन् ।