विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो झापाको कनकाई नगरपालिका–३ स्थितमा लागुऔषध सेवन तथा कारोवार भईरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटीएको प्रहरी टोलीले उक्त स्थानबाट स्थानिय २३ बर्षीय सलिम अलाम, ३८ बर्षीय ईश्चर मैनाली र ३३ बर्षीय बिक्रम हस्दालाई ५३ मिलिग्राम ब्राउनसुगर र नगद ८ हजार ६ सय रुपैँया सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिगएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका पथरी शनिश्चरे नगरपालिका–१ का २५ बर्षीय युवराज मगर, १८ बर्षीय मुनाल गुरुङ, १८ बर्षीय सनम राई, १८ बर्षीय अभिषेक तामाङ, आयुष गुरुङ र १९ बर्षीय सबिन कार्कीलाई नियन्त्रित औषधी ट्रमाडोल र स्पास १८४ चक्की सहित नियन्त्रणमा लिएको हो भने रतुवामाई–६ स्थितबाट पथरीशनिचरे–१ का ३० बर्षीय महेश मलिक र ४७ बर्षीय जीबन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।