April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

रामेछापमा बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते

1.3K

भक्तपुर । रामेछापमा बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् । आज बिहान लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा बस दुर्घटना भएको हो ।  

प्रहरीका अनुसार सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा५ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा घाइते भएकालाई खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको र गम्भीर भएकालाई काठमाडौँ पठाइएको छ । बसमा २५ यात्रु सवार रहेको प्रहरीले जनाएको प्रहरीले जनाएको छ । 

Advertisement

घटनाबारे थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।