काठमाडौं । रुसी सेनामा भर्ना भएका एक नेपाली युवाको मृत्यु भएको छ । सात महिना अगाडि भर्ना भएका तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो ।
कोरियामा रहेका मृतक गुरुङका साथी केवल तुम्खेवाका अनुसार उनी ६ महिना अघि रसियन सेनामा भर्ना भएका थिए । तुम्खेवाका अनुसार गुरुङ रोजगारीको सिलसिलामा दुबईमा थिए । त्यहीँबाट रुसी सेनामा भर्ना भएका हुन् । ‘युद्धमा जानुभन्दा ५/६ मिनेट अघि कुरा भएको थियो, म एकुदुई दिन अनलाइन आउदिनँ भनेर गएको कहिले नआउने गरी गयो’, उनले भने ।
जानकारी अनुसार गुरुङ नेपाली सेनामा कार्यररत थिए । सेनाको पेशा छोडेर उनी सेक्युरिटी गार्डको रुपमा दुबई पुगेका थिए । उनको श्रीमती १ छोरा र ६ महिनाकी छोरी छन् ।
नेपाली लोकगायकसमेत रहेका गुरुङ रुस पुगेर त्यहाँका गतिविधिहरुलाई भ्लग बनाएर अपलोड गर्ने गर्थे ।