April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

माछा मार्ने क्रममा खोलाले बगाउँदा १ जनाको मृत्यु, २ जना बेपत्ता

950

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थित बुढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन ।

मृत्यु हुनेमा सुन्दरहरैचा-५ की २२ बर्षीया प्रेमकला चौधरी रहेकी छन्।

प्रहरीका अनुसार मंगलबार दिउँसो स्थानीय ६० बर्षीया असरादेवी चौधरी, ३० बर्षीया फुला चौधरी, २२ बर्षीया स्वस्तिका चौधरी र २२ बर्षीया प्रेमकला चौधरी समेत बुढी खोलामा माछा मार्न गएकोमा बर्षासँगै आएको बाढीले बगाई बेपत्ता बनाएको हो ।

Advertisement

खबर प्राप्त गर्नासाथ तत्काल इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षकसहितको टोली खटी खोज तलासको क्रममा प्रेमकला चौधरीलाई खोला किनारमा मृत अवस्थामा फेला पारेको हो।

स्वस्तिका चौधरीलाई सकुशल उद्धार गरिएको र बेपत्ता भएका असरा देवी चौधरी र फुला चौधरीको स्थानीय प्रहरीद्वारा खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।