यूएईमा रहेको नेपाली दूतावासले तीन जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्सुलर सेवा बन्द गरेको छ ।
युएई स्थित दूतावासले सोमबार एक विज्ञप्ती जारी गर्दै मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्र प्रमाणिकरण लगायत अन्य कागजात प्रमाणिकरणको काम अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।
कन्सुलर सेवा बन्द भएपनि अत्यन्त जरुरी एवं भौतिक उपस्थिति बिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने दूतावासले उल्लेख गरेको छ ।
फ्रन्ट लाइनमा कार्यरत ३ जना स्थानीय कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि अत्यावश्यक कामका लागि भने दूतावासमा ०२६३४४३८५ नम्बरमा फोन गरेर या ईमेल eonabudhabi@mofa.gov.np मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।