April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मधेश प्रदेश सरकारबाट एमाले र माओवादी केन्द्रले बाहिरिने तयारीमा

1.3K

काठमाडौं। मधेश प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्रले बाहिरिने भएका छन् । सरकारबाट गत बुधबार नै बाहिरिने तयारी गरेका यी दुई दल आज भोलि मै बाहिरिने तयारीमा पुगेका हुन् ।

मधेश सरकार हाल जसपाका सरोज यादवको नेतृत्वमा छ । तर, गत सातामात्र जसपा फुटेपछि प्रदेश सरकार संकटमा परेको हो ।

जसपाका वरिष्ठ नेता अशोक राईले पार्टी विभाजन गरेर नयाँ दल गठन गरेका थिए । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गर्दै सनाखतका लागि १३ जेठसम्मको समय दिएको छ । 

Advertisement

स्रोतका अनुसार मधेशमा एमाले, माओवादीसहित जनमत र लोसपा मिलेर सरकार बनाउने तयारी छ । पहिलो चरणमा जनमतलाई सरकारको नेतृत्व गर्न दिने र दोस्रो चरणमा एमालेले सरकार बनाउने समझदारी बनेको स्रोतले जनाएको छ ।

मधेशमा एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन्। उपेन्द्र यादवबाट फुटेको नयाँ जसपाबाट भने कति जना सांसद रहेको खुलेको छैन। मधेश प्रदेशमा जसपाका १९ सांसद छन् । त्यसमध्ये ७ जना समानुपातिक सासद हुन् ।