नयाँ सरकार गठन भएको एक महिनामा नै कुवेतको सरकार विघटन भएको छ । कुवेतका राजा शेख नवाफ अल-अहमद अल-जाबेर अल सबाहले हिजो प्रधानमन्त्री र मन्त्रिपरिषदको राजीनामा स्वीकार गरेको कुरा एमिरी फरमानले बताएको छ।
प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहको राजीनामा राजाले सोमबार स्वीकृत गरेको छ । प्रधानमन्त्री सबाहले यही जनवरी १३ मा कुवेती राजा समक्ष राजीनामा पेश गरेका थिए । तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् ।
देशको राष्ट्रिय सभा र मन्त्रीपरिषद्का बीचमा सम्वन्ध विग्रिएकाले राजीनामा दिनु लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा जानकारी दिएका थिए ।
उहाँले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफुहरु अव विदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए । उहाँले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए ।