काठमाडौं । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिँदैछन्। विश्वासको मतका लागि मंगलबार दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ।
गत फागुन २१ गते संघमा गठबन्धनमा फेरबदल आएसँगै चैत ५ गते कांग्रेस मधेसको सरकारबाट बाहिरिएको थियो। त्यसपछि नेकपा (एमाले) सरकारमा सहभागी भएको थियो।
कांग्रेसले गत चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिन लागेका हुन्।