कास्की । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुई मन्त्री बर्खास्त गरेपछि माओवादीले समर्थन फिर्ता लिएका हुन् ।
बुधबार प्रदेशसभाअन्तर्गत माओवादी संसदीय दलकको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादीले आज नै प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेललाई पत्र बुझाएर समर्थन फिर्ता लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सातदलीय गठबन्धन भत्काएर नयाँ समीकरण बनाएसँगै कांग्रेसका मुख्यमन्त्री पाण्डेले माओवादीका मन्त्री बर्खास्त गरेका थिए ।