November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बक्सिङ खेलाडी निता गोसाई मृत फेला

1.6K

काठमाडौं । बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्। सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी
२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरीका अनुसार गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए। 

गोसाईको केही समयपछि विवाह गर्ने तयारी थियो। गोसाईले आत्महत्या गरेको प्रहरीको अनुमान छ। 

Advertisement