काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै छन्। उनी सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल आएका उनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
दुई दिने नेपाल भ्रमणमा आउन लागेको विदेशमन्त्री जयशंकरको टोली शुक्रबार भारत फर्किनेछन्। २०४४ सालमा गठित परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नेपालमा बस्न लागेको चौथोपटक हो ।
विदेशमन्त्री जयशंकरको विदेश भ्रमणमा खासगरी विद्युत् व्यापार सम्झौतालगायत दुई मुलुकबीच सहमति हुने बताइएको छ