April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आसरा सुधार केन्द्र पानवारी धरानमा बैठक सम्पन्न

1.4K

विराटनगर। सुनसरीको धरान उपमहानगरपालिका पानवारीस्थित रहेको आसरा सुधार केन्द्र पानवारीको अवलोकन भ्रमण, आन्तरिक छलफल तथा बैठक सम्पन्न भएको छ ।

आइतबार बिहान प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा तथा कोशी प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष एवं आसरा सुधार केन्द्रकी संरक्षक श्रीमती अजिता देवकोटा बास्तोलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रका सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।

आसरा सुधार केन्द्र, पानवारी धरानको विधान २०८० लाई सर्वसम्मत अनुमोदन गर्ने तथा आवश्यक कागजातहरूसहित जिल्ला प्रशासन कार्यालय इनरुवा, सुनसरीमा संस्था दर्ताको लागि पेश गर्ने निर्णयसहित आन्तरिक छलफल तथा बैठक सम्पन्न भएको हो ।

Advertisement

बैठकमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मी, स्थानिय जन प्रतिनिधि तथा संचालक समितिका सदस्यहरु र श्रीमती संघका पदाधीकारीहरुको उपस्थिति रहेको थियो ।