April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा तथा नसालु पदार्थ निषेध

1.4K

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ। बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो।

काठमाडौं प्रशासनले एक सूचना जारी गर्दै आजदेखि मंसिर २७ गतेसम्म लागू हुने गरी निषेध गरिएको जानकारी दिएको छ । सूचना अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क – उमाकुण्ड – गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा ती पदार्थ निषेध गरिएको छ।  

बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ  उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन समेत गर्न नपाउने सूचनामा उल्लेख छ।

Advertisement