April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

अमेरिकामा ‘वलिहाङ तङनाम’ मनाइदै, सम्पूर्ण तयारी पूरा

२०८० कार्तिक २३

1.9K

न्यूयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरिकाले ‘वलिहाङ तङनाम २०८०’ भव्य रुपमा मनाउदै छ । गुल्शन टेर्रेसमा नोभेम्बर १० मा मनाउन लागिएको वलिहाङ तङनामको समपूर्ण तयारी पूरा भएको कियाचु अमेरिकाका अध्यक्ष दीपक थेबेले जानकारी दिए ।

वलिहाङ तङनाम चुम्लुङको वार्षिक कार्यक्रम भएता पनि यस वर्षको वलिहाङ तङ्नाम अन्य वर्षको भन्दा विशेष हुने अध्यक्ष थेबेले बताए ।

चुम्लुङ अमेरिकाले वलिहाङ तङनाम येले तङ्बे ५०८३ को रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै छ । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको छ ।

Advertisement

कियाचु उपाध्यक्ष विवश माङ्मुका अनुसार कार्यक्रममा लारिङ्गेक नाम्लिङगेक (देउसी भैलो), यालाङ (धान नाच), केलाङ (च्याब्रुङ नाच) प्रस्तुत हुने छ । यस्तै, बालबालिकाहरुले लिम्बू भेषभूषा प्रदर्शनी गर्नुका साथै डिजे प्रस्तुति पनि रहने छ ।

लिम्बू संस्कार संस्कृतिलाई जगेर्ना गर्दै भावी सन्ततीलाई पुस्तान्तरण गर्नका लागि चुम्लुङ अमेरिकाले संचालन गरेको ‘विशेष अभियान’ अन्तरगत वलिहाङ तङनामलाई एउटा सांस्कृतिक उत्सवको रुपमा मनाउन लागिएको चुम्लुङ अमेरिकाका पूर्व अध्यक्ष सुमन थाम्सुहाङ लिम्बूले जानकारी दिए ।

तङ्नाममा सांस्कृतिक कार्यक्रम अन्तर्गत गायिका लिला सिङ्घक, कलाकार सोनियो लिम्बू, गायिका शशीकला मोक्तान, रिन्जी डोल्मा, रेमोस भाइ, डिजे भतिज लगायतले आफ्नो प्रस्तुति राख्ने छन् ।