April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एसिया कप: पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने

1.8K

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । नेपालले हार्दै पहिले बलिङ गर्न बाध्य भएको हो ।

पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार, दिउँसो ३ः १५ बजे खेल सुरु हुनेछ ।

नेपालले घरेलु टिम पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्नेछ ।

Advertisement

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।