April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

समाजवादी मोर्चाको बैठक बस्ने

1.4K

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । बैठक आज साँझ ६ बजे बस्न लागेको हो ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक सरेको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो ।

Advertisement

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।