April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

समाजवादी मोर्चा नेपालको बैठक बालुवाटारमा सम्पन्न

1.4K

काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी), नकेपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, र नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेकपाको समाजवादी मोर्चाको बैठक बालुवाटारमा शनिबार बसेको हो ।

बैठकले चार/चार महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । यसअघि ६/६ महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरिएको थियो । मोर्चाको अध्यक्षता अहिले नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन् । समाजवादी मोर्चाको नेतृत्व आलोपालो प्रणालीअनुसार हुनेछ ।

त्यस्तै शनिबार बसेको बैठकले जिल्ला तहसम्म संरचना बनाउने निर्णय गरेको छ, भने बैठकले साउनको १२ गतेपछि सातै प्रदेशमा मोर्चाको आवश्यकता र औचित्य बुझाउने गरी भेला गर्ने निर्णय गरेको नेता पाण्डेले बताए ।

Advertisement