रौतहट । पूर्वमन्त्री तथा आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले समाजवादी मोर्चाको कुनै औचित्य नै नभएको टिप्पणी गरेका छन् । साहका अनुसार लोकतन्त्रको कुरा गर्नुको साटो समाजवादको कुरा गरेर जनतालाई ढाट्ने काम मात्र हुन्छ ।
वीरगन्जमा आम विद्यार्थी मोर्चाको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले जनतालाई गुमराहमा राख्न कथित समाजवादीको विषय उठाइएको दाबी गरे ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नेसपा लगायतका दलहरूले समाजवादी मोर्चाको घोषणा गर्दै गर्दा आजपा अध्यक्ष साहले यस्तो टिप्पणी गरेका हुन् । जनतालाई शक्तिशाली बनाएर विकास, समृद्धि, सुशासनको प्रत्याभूति गराउन लागिपर्नेमा झुटको खेती गर्नका लागि समाजवादी मोर्चाको हावा फैलाउन लागिएको उनको ठहर छ ।