काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले चाँडोभन्दा चाँडो समाजवादी मोर्चा घोषणा गर्ने तयारी भइरहेको बताउनु भएको छ । शुक्रबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आज घोषणा हुने भनिएको समाजवादी मोर्चा केही दिनभित्रै घोषणा हुने बताएका हुन् ।
आज समाजवादी मोर्चाको घोषणाको तयारी गरिएकोमा केही दलहरूका प्रमुखहरू राजधानी बाहिर भएको र अन्य कतिपय आन्तरिक विषयहरू बाँकी रहेकोले केही दिन ढिला हुने भएको उनले बताए । आफूहरुले एक वर्षअघि नै पहल गर्दै आइरहेको उनले बताए ।
मोर्चाको सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा चर्चा भएको भन्दै मोर्चा घोषणा गर्न केही दिन लाग्ने उनले बताए । हामीले टुंगिइसकेको छौं । अन्य दलले नटुंग्याउँदा आज घोषणा हुन नसक्ने देखियो । चाँडै घोषणा गर्ने ठाउँमा दलहरूमा छलफल भइसक्यो । यसलाई अगाडि बढाउने निर्णय पार्टीबाट सर्वसम्मत निर्णय गरेका छौं ।’, नेता खतिवडाले बताए ।