April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दुईहप्तादेखि बन्द साउदी अरेबियाको अन्तर्राष्ट्रिय उडान जनवरी ४ देखि खुल्यो

2.4K

दुईहप्तादेखि बन्द गरिएको साउदी अरेबियाको अन्तर्राष्ट्रिय उडान जनवरी ४ तारिख स्थानीय समय ११ बजेदेखि खुल्ला  गरेको छ ।

स्थानीय पत्रिका साउदी ग्याजेटले जनाएअनुसार युरोपेली देश, दक्षिण अफ्रिका लगायतका कोरोना भाइरसको नयाँ स्वरुप देखिएका देशका नागरिकलाई साउदी प्रवेश गर्नुभन्दा पहिले १४ दिनसम्म ती देशभन्दा बाहिर बस्नुपर्ने जनाएको छ् । बेलायतमा कोरोना भाइरसको नयाँ रुप देखिएसँगै साउदीले पनि स्वास्थ्य सतर्कता अपनाउँदै गएको डिसेम्बर २० देखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।

ती देशबाट आउने साउदी अरेबियाका नागरिकले पनि १४ दिनसम्म आफ्नो घरमा क्वरेण्टीनमा बस्नुपर्ने साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो बीचमा क्वरेण्टीनमा बसेको ४८ घण्टा र तेह्रौं दिनमा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।

Advertisement

यी देश बाहेकका देशबाट आएका यात्रुलाई भने पीसीआर परीक्षण रिपोर्ट र सात दिनसम्मको होम क्वरेण्टीन अनिवार्य गरेको  छ । साउदीको नागरिक उड्डयनले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि भनेर एकतर्फी उडान भने डिसेम्बर २९ मा नै खुला गरिसकेकाे थियाे