April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एसीसी प्रिमियर कपको उपाधि जितेकोमा प्रधानमन्त्रीको बधाई

1.1K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रचण्डले सामाजिक संजालमा लेखेका छन्, ‘एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो ।

Advertisement