April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एसीसी प्रिमियर कप: नेपाल र युएईबीचको फाइनल खेल मंगलबारसम्मका लागि स्थगित

1.3K

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण मंगलबारसम्मका लागि स्थगित भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल र युएईबीचको खेल वर्षाका कारण खेल भोलीलाई सारिएको हो ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । स्थगित खेल आजकै स्थितिबाट खेल सुरू हुनेछ ।

भोलि आजकै स्थितिबाट युएईको (१०६/९– २७.३ ओभर) ब्याटिङ सुरू हुनेछ । भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ ।

Advertisement

सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ । यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ ।