April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एसीसी प्रिमियर कप: फाइनल खेल सुरू, युएईका कप्तान वासीम आउट

1.2K

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल सुरू भएको छ । यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले ३.१ ओभरमा युएईको पहिलो विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा युएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराएका छन् । वासीम ८ बलमा ११ रन जोडेर पेबलियन फर्किएका छन् । १७ रन जोड्दा युएईले पहिलो विकेट गुमाएको छ ।

खेलका लागि कप्तान रोहित पौडेलले नेपालका लागि फिल्डिङ गर्ने निर्णय गरेका थिए ।

Advertisement

प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन् ।