April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एसीसी प्रिमियर कप: वर्षाका कारण नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा

1.3K

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

मुलपानी मैदान बिहान ९ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण मध्यान्ह १२ः३० बजेसम्न पनि टस हुन नसकेपछि खेल रद्द भएसँगै नेपाल र साउदीले समूह ‘ए’ मा एक÷एक अंक बाँडेका छन् । एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको हो ।

समूहको शीर्ष स्थानमा रहेको नेपालले अन्तिम खेलअघि पाँच अंक जोडेको छ । चार अंक जोडेर दोस्रो स्थानमा रहेको ओमान र तीन अंक जोडेर तेस्रो स्थानमा रहेको साउदीसँग दुई अंक जोडेको मलेसियाको पनि सेमिफाइनल सम्भावना बाँकी छ ।

Advertisement

ओमान र साउदीबीचको खेल बाँकी रहेको कारण नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालले अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ । सो खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ ।