April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउदै नेपालको विजयी सुरुवात

1.8K

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई ६ विकेटले हराउदै नेपाल विजयी भएको छ । मंगलबारदेखि काठमाडौंमा सुरु भएक्को खेलमा नेपालले विजयी सुरुवात गरेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । जसमा भीम सार्कीले ७१ रन बनाए भने कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।

यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो ।

Advertisement

अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए ।