काठमाडौं । नेपालमा विदेशी पर्यटकको संख्या बढेको छ । विशेषगरी चीनबाट नेपाल घुम्न आउनेको संख्या दिनहुँ बढीरहेको छ । विहीकार एउटै उडानबाट १८० जना चिनियाँ पर्यटक काठमाडौँ आएका छन् ।
उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वागत गरे । बिहीबार बिहान हिमालय एयरलाइन्सको जहाज चार्टर गरी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आगमन कक्षमै पुगेर मन्त्री किराँती सहितको टोलीले स्वागत गरेको हो ।
चिनियाँ पर्यटनलाई चिनियाँ राजदूत र नेपाल पर्यटन बोर्डका कर्मचारीले समेत स्वागत गरेको थियो । कोरोना महामारी पछि एकै पटक धेरै सङ्ख्यामा चिनियाँ पर्यटक भित्रिएको यो पहिलो भएको पर्यटन मन्त्रालयले जनाएको छ ।