काठमाडौं । आइतबार राति भएको प्रिमियर लिगको खेलमा न्युकासल विजयी भएको छ । घरेलु मैदानमा भएको उक्त खेलमा म्यानचेष्टर युनाइटेड न्युकालससँग २–० ले पराजित भएको हो।
न्युकासलले दोस्रो हाफमा दुई गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई पराजित गर्यो । न्युकासलका लागि जोसेफ विल्लकले ६५औं र कलुम विल्सनले ८८औं मिनेटमा गोल गरे ।
जितपछि न्युकासलले २७ खेलबाट युनाइटेड समान ५० अंक जोडेको छ । तर गोल अन्तरमा युनाइटेडलाई पछि पार्दै न्युकासल तेस्रो स्थानमा उक्लेको छ । युनाइटेड चौथो स्थानमा झरेको छ