April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बराहक्षेत्र मेयर लिग कपको उपाधी बराहक्षेत्र-३ लाई

प्रकाश दिप्साली राई
२०७९ चैत्र १५

2.7K

हामी सबै खेललाई समान रुपले अगाडि बढाउने छौँ : नगरप्रमुख रमेश कार्की

नडाहा । प्रथम बराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड कपको उपाधी बराहक्षेत्र- १ लाई पराजित गर्दै बराहक्षेत्र वार्ड नम्बर – ३ ले चुमेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा बराहक्षेत्र -३ ले बराहक्षेत्र -१ लाई २ – १ ले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो ।

खेलको पहिलो हाफमा निशान लिम्बुको गोलमा अग्रता लिए पनि दोश्रो हापमा बराहक्षेत्र – १ का ले गोल गर्दै खेल बराबरीमा ल्याए । तर समय सकिन केही मिनेट रहदा निशान लिम्बुको पासमा अनिश लिम्बुले आकर्षक गोल गर्दै आफ्नो वडालाई उपाधी दिलाए ।

उपाधिसँगै वड नं ३ ले २ लाख १ हजारसहित रनिङ्ग शिल्ड एक केजिको चाँदींको सुन्दर ट्रफीसमेत हात पारेको छ । रनिङ शिल्ड भएको कारण ट्रफी आफ्नो बनाउन बराहक्षेत्र -३ ले लगातार बाकी २ पल्ट जित्नु पर्नेछ ।

Advertisement

उता उपविजेता बनेको वडा नं १ ले १ लाख १ हजारमा चित्त बुझाएको छ । तेस्रो बनेको वडा नं. २ ले ५१ हजार र चौथौ बनेको वडा नं ७ ले २५ हजार प्राप्त गरेका छन् ।

बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की, प्रमुख प्रशाशकीय अधिकृत ऋद्बि प्रकाश सिटौला लगायत वडाध्यक्षहरु जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधिहरुले पुरस्कार रकम, ट्रफी, म्याडल र प्रमाण-पत्र हस्तान्तरण गरेका थिए । यस्तै व्यक्तिगत विधा तर्फमा पनि विजेता वार्ड नम्बर -३ कै बर्चस्व रह्यो ।

प्रतियोगिताभरको म्यान अफ द सिरिज बराहक्षेत्र वडा नं. ३ रोशन भुजेल घोषित भए । उनले २१ हजारसहित ट्रफी प्राप्त गरेका थिए ।

उत्कृष्ट गोल किप्पर बराहक्षेत्र ३ कै निशान थापा, उत्कृष्ट फरवार्ड बराहक्षेत्र – ३ कै यसराज बि.क., उत्कृष्ट प्रशिक्षक बराहक्षेत्र -३ का अमृत बस्नेत घोषित भए, बेष्ट मिडफिल्डर बराहक्षेत्र – ७ का रविन राई बने भने फाइनल खेलको म्यान अफ द म्याच बराहक्षेत्र -३ कै निर्णायक गोल कर्ता अनिश लिम्बु घोषित भए ।

यस्तै बेष्ट डिफेन्स बराहक्षेत्र -१ का अविशेक श्रेष्ठ बने भने राइजिङ प्लेयर पनि बराह-१ कै प्रशन्न राई बने । उत्कृष्ट मिडफिल्डर बराहक्षेत्र-७ का रबिन राई बने भने उच्च गोलकर्ता बराहक्षेत्र – २ का ९ गोल सहित दिपेश तामाङ्ग बने । यस्तै अनुशाशित टिम वडा नं ४ घोषित भए ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै नगरप्रमुख रमेश कार्कीले यो प्रतियोगिता बराहक्षेत्र नगरपालिका प्रतिष्ठा रहेको बताए । ‘यहाँ फुटबललाई मात्र प्राथमिकता दिएको केही गुनासो पनि आइरहेको छ, तर नगरपालिका सकेसम्म सबै खेललाई प्राथमिकता राख्दै अघि बढ्ने छ ।’, उनले भने ।

नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको यस प्रतियोगितालाई वराहक्षेत्र नगरपालिकाले पहिलोपटक वडास्तरीय लिग रनिङ शिल्डको फर्म्याटमा सुरु गरेको हो ।