काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वर्ल्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका हमदले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।
आज विहान प्रधानमन्त्रीको निवास बालुवाटरमा भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।