April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इलामको रोङ गाउँपालिकाले शुरु गर्यो गुन्द्रुक उत्पादन तथा ब्राण्डिङ

7.5K

-गगन घिमिरे,

इलाम(रोङ) । इलामको रोङ गाउपालिकोको पहलमा गुन्द्रुक उत्पादन शुरु गरिएको छ । व्यवसायिक उत्पादन शुरु गर्दै गाउँपालिकाले गुन्द्रुक ‘ब्रान्डिङ’ सुरु गरेको हो । उत्पादन र बजारीकरण सरकारले चासो नदिंदा खेर गइरहेको गुन्द्रुकले अब भाउ पाउने धेरै किसानको अपेक्षा गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले गाउँपालिकाले अब विधिवत रुपमा गुन्द्रुक–सिन्कीको उत्पादन र प्रवद्र्धन सुरु जानकारी दिएका छन् । स्थानीय उत्पादनलाई बढवा दिइने र उत्पादित वस्तु बजारसम्म पुर्याउनका लागि काम थालिएको उनको भनाइ छ । पालिकाका अगुवा किसानलाई प्रदेश, पालिका र स्थानीय सहकारीको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

Advertisement

अध्यक्ष स्वाङबोका अनुसार देवनछाप सानाकिसान कृषि सहकारी रोङ ५ ले गुन्द्रुक उत्पादन सुरु गरेको साथै उक्त कार्यका लागि पालिकाको सहयोग ,स्वीस सरकारको कृषि बजार बिकास कार्यक्रम र सहकारीको आफ्नै लगानीमा करिब ६७ लाखको लागतमा प्रारम्भ गरिएको हो ।

अध्यक्षले स्याङ्बोले सामाजिक संजालमार्फत उत्पादनबारे जानकारी दिंदै भनेका छन्,‘हाल दैनिक १५ केजीदेखि ७० केजीसम्म उत्पादन हुने गरेको छ। छ वटै वडाक किसानको उत्पादित साग सहकारीले खरिद गरि प्रशोधन उधोग ल्याएर दैनिक १२–१६ जना कामदारले निरन्तर उत्पादन गरिरहेको छ। अनुज्ञया पत्र प्राप्तिको लागि अन्तिम तयारीमा पुगेका छौ। गुन्द्रुकको स्वाद अत्यन्तै राम्रो छ। यो पहिलो बर्षको परिक्षणको सफलताले हौसला मिलेको छ। ब्यवसायिक रणनिती , सहकारीले उद्योगले संचालन कार्ययोजना ,गुन्द्रुकको विभिन्न बिषयमा रिसर्ज भैइ रहेको छ। ब्राण्ड नाम जुराउने अन्तिम तयारी छ। यस उधोगलाई छ वटै वडामा स्थापना गरी सहकारी मार्फत सन्चालन गर्ने लक्ष्य गाउपालिकाको रहेको छ।’

सुरुवातमा देवान छाप साना किसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योगमार्फत उत्पादन, ब्रान्डिङ, प्याकेजिङ एवं मार्केटिङको सबै कार्य गर्ने पालिकाले जनाएको छ । अहिलेसम्म ब्रान्डको नाम तय नभए पनि ‘गुन्द्रुक सिन्कीको प्याकेट डिजाइन र ब्रान्ड नाम आदरणीय गुन्द्रुक र आदरणीय सिन्की राखेर सम्मानसहित बजारमा ल्याइने भएको छ । राष्ट्रिय सम्मान बोकेको वस्तुलाई प्रवद्र्धनका लागि अगाडि आदरणीय थप्ने भन्दै नेपालमा अहिलेसम्म राष्ट्रिय तरकारीको रिसर्च नहुनु दुःखद् रहेको किसानहरुको भनाइ छ ।

चालु वर्षको नीति कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवद्र्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न तीन लाख, बीउका लागि दुई लाख, प्रतिकिलो अनुदानका लागि रु तीन लाख र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न दुई लाख विनियोजन पनि गरेको छ ।