पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ६ को बुढिथाम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरिएको छ । फिदिम ५ का देवी तुम्वापोको आर्थिक सहयोग र जनसेवा समाज पाँचथरको संयोजनमा उक्त विद्यालयमा अध्ययनरत २७ विद्यार्थीलाई कपडा र स्टेशनरी वितरण गरिएको हो ।
उनीहरुलाई चिसो मौसममा लगाउने स्कुल स्वेटर, टोपी र स्टेसनरी सामाग्री बितरण गरिएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।
वितरण कार्यक्रममा फालेलुङ गाउँपालिकाका अध्यक्ष विरविक्रम थाम्सुहाङ, फालेलुङ ६ का वडा अध्यक्ष अम्बर राई, वाडा सदस्य ,बिद्यालय परिवार ,जनसेवा समाजका पदाधिकारी र अविभावकको उपस्थिति थियो ।
पाँचथरमा २०७२ सालमा स्थापित जनसेवा समाज नेपालले जिल्लामा शिक्षा स्वास्थ्य र जनसरोकारका विभिन्न सवालमा सहयोग र सम्वन्वयका काम गर्दै आएको छ ।