दैलेख । दैलेखमा करेन्ट लगाएर माछा मार्ने तीन जना पक्राउ परेका छन् । आइतबार नारायण नगरपालिका–९ बासकोटस्थित लोहोरे खोलामा करेन्ट लगाई माछा मारिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दैलेखको डुङ्गेश्वर गाउँपालिका २ बस्ने वर्ष १७ का लक्ष्मण तिरुवा, डुङ्गेश्वर गाउँपालिका १ बस्ने वर्ष १९ को राजन थापा मगर र वर्ष १८ का मनोज गाहा मगर रहेका छन् ।
प्रहरीका अनुसार दैलेखका विभिन्न खोला तथा नदीहरूमा करेन्ट लगाई, विष्फोटक पदार्थ तथा विषालु पदार्थको प्रयोग गरी माछा मार्ने गरेको स्थानीयको गुनासोका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।