November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बाढीले त्रिभुवन राजपथ अवरुद्ध

1.8K

हेटौंडा : त्रिभुवन राजपथअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा वर्षासँगै आएको बाढीका कारण यातायात अवरुद्ध भएको छ। ​बागझोरामा ठूलो बाढीका कारण बाटोमा ढुङ्गा थुप्रनुका साथै पानीको सतह बढेकाले दुवैतर्फका यात्रुवाहक सवारीसाधन बीचमै रोकिएका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले उक्त स्थानमा प्रहरी चौकी भैंसेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको जानकारी दिए।

बाढीका कारण हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ, फाखेल–कुलेखानी सडकखण्ड र सिस्नेरी सडकखण्डमा संचालन हुने सबै सवारीसाधन रोकिएका छन्।

Advertisement