April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

वैदेशिक रोजगारीमा गएर समस्यामा परेकाहरुको गुनासो सुन्दा मन्त्री चिन्तित

1.8K

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नौं जना श्रमिकका गुनासो सम्बोधन गरेका छन् । आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम अन्तरगर्त उनले नौं जना श्रमिकका गुनासो सम्बोधन गरेका हुन् ।

कार्यक्रममा श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाए समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासोहरु राखेका थिए । पछिल्लो समय धेरेले विदेश जादाँ ठगिएको गुनासोहरु राख्ने गरेका छन् ।

मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजिकरण गर्ने बताएका छन् । साथै उनले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यारो भइरहेको समेत बताए ।

Advertisement

उनले म्यानपावरले श्रमिकबाट विदेश पठाउछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारवाही गर्न समस्या भएको बताए । मन्त्री कुँवरले श्रमिकलाई म्यानवरले पैसा मागेपछि प्रमाण राखेर मात्रै पैसा दिन आग्रह गरेका छन् ।

मन्त्री कुँवरले अहिलेसम्म तीन हप्ता श्रमिकका गुनासो सुनेका छन् । अहिलेसम्म २९ जना श्रमिकले नेपाल र विदेशबाट प्रत्येक्ष मन्त्रीसँग आफ्ना गुनसाहरु राखेका छन् । श्रमिकका गुनासोलाई मन्त्री कुँवरले तत्काल सम्बोधन गर्ने खालका भए तत्कालै र समय लाग्ने गुनासोहरु बैदेशक रोजगार विभाग र बोर्डमा समाधानका लागि पहल गर्न अनुरोध गरेका छन् । श्रमिकसँग श्रम मन्त्री कार्यक्रमम हरेक हप्ताको आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा संञ्चालन भइरहेको छ ।