April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साकेला गाउँपालिकाले सुविधा सम्पन्न प्रशासकीय भवन बनाउदै

3.3K

खोटाङ । खोटाङको साकेला गाउँपालिकाको प्रशासकीय भवन निर्माण हुने भएको छ । संघीय सरकारको ६० प्रतीशत र साकेला गाउँपालिकाको ४० प्रतिशत बराबरको लागत साझेदारीमा गाउँपालिकाको प्रशासकीय भवन वन्ने भएको हो ।

मंगलबार प्रशासकीय भवनको साकेला गाउँपालिकाको अध्यक्ष रबि प्रकाश राइले शिलान्यास गरेका छन् । भवन निर्माणको जिम्मा श्री मल्ल रानी (सजिब जे। भि।ले लिएको छ । सुबिधा सप्पन्न तीन तले लैङ्गिक तथा अपांगमैत्री उक्त भवन निर्माण कार्य सम्झौता भएको मितिले एक बर्षमा सक्नु पर्ने छ ।

गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, सबै वडाका वडा अध्यक्ष, गाउँपालिकाका सदस्यहरु, विभिन्न राजनितीक दलका प्रतिनिधिहरु तथा संघ संस्थाका प्रतिनिधिहरु र निर्माण कम्पनीका भिसन राई र प्रकाश थापा साथै गाउँपालिकामा कार्यरत कर्मचारीहरु, साथै स्थानिय नागरिकहरुको उपस्थितिमा भवनको शिलान्यास भएको हो ।

Advertisement

हाल गाउँपालिकाको कार्यालय मानेभञ्ज्याङ स्थित साबिकको ईलाका कृषि तथा पशु सेव केन्द्रको संरचनामा संचालन भइरहेको छ ।

साकेला गाउँपालिका वडा न ४ मानेभन्ज्याङ्ग स्थित आफ्नै स्वामित्वको जग्गामा निर्माण हुन लगेको प्रशासकिय भवनको सम्झौता रकम सात करोड बैसठ्ठी लाख पैतिस हजर एक सय बाउन्न रुपैयाँ रहेको छ ।

भवन शिलान्यास गर्दै अध्यक्ष राइले सुबिधा सम्पन्न प्रशासकिय भवनको पालिकाले नजिकबाट अनुगमन गर्ने र भवन निर्माण कार्यले पालिकाको सेवा सुबिधा प्रवाहमा टेवा पुग्ने साथै भवन युगान्तकारी प्रशासकिय भवनको रुपमा निर्माण हुने र यहाबाट साकेला गाउँपालिकाको प्रशासकिय खाका कोरि समृद्धि भित्र्याउने घरको रुपमा भवन स्थापना हुने बताए ।

साथै सोही अवसरमा साकेला गाउँपालिकाको एेतिहासिक नियमित हाट बजार लाग्ने स्थान मानेभञ्ज्याङमा नवनिर्मित बजारको औपचारिक उदघाटन समेत अध्यक्ष राइले रिबन काटेर गरे ।