April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

योङ्हाङ कुलवंशका २७ जनप्रतिनिधिलाई सम्मान

2.5K

पाँचथर, भदौ ७ । गत वैशाक ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा योङहाङ कुलवंश निर्वाचित २७ जना जनप्रतिनिधिलाई सम्मान गरीएको छ । स्थानीय तहको प्रमुखदेखि वडा सदस्यसम्म निर्वाचित योङ्हाङ कुलका जनप्रतिनिधिहरुलाई किराँत योङ्हाङ कुल वंश प्रतिष्ठानले सम्मान गरेको हो ।

प्रतिष्ठानको आयोजना र हिलिहाङ फाउण्डेसनको सहयोगमा गत शनिवार झापाको विर्तामोडस्थित आदर्श सामुदायिक भवन जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा इलामको माई नगरपालिकाका नगर प्रमुख खम्बासिंह योङ्हाङ, चुलाचुली गाउँपालिका इलामका उपाध्यक्ष दिलु योङ्हाङ, जिल्ला समन्वय समिति पाँचथरका सदस्य टेकराज योङ्हाङ लगायत ताप्लेजुङ, पाँचथर, इलाम, झापा र मोरङका गरी २७ जना योङ्हाङ वंशका जनप्रतिनिधिहरु रहेका छन् । सम्मान कार्यक्रममा ९ जना वडा अध्यक्ष र १५ जना वडा सदस्यहरु उपस्थिति थिए ।

Advertisement

हिलिहाङ फाउण्डेसनका अध्यक्ष हर्कबहादुर योङ्हाङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम किराँत योङ्हाङ कुल वंश प्रतिष्ठानका अध्यक्ष धनराज योङ्हाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।