April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रदीप गिरीको अन्त्येष्टी: त्यही भयो, जुन नहोस् भन्ने चाहना थियो

1.7K

काठमाडौं । कांग्रेस नेता, समाजवादी चिन्तक एवम सांसद प्रदीप गिरीको इच्छा विपरित सरकारले उनको पार्थिव शरीरको अन्त्येष्टी गरेको छ । गिरीले आफूलाई भेट्न आउनेहरुसँग आफ्नो अन्त्येष्टि सिरहाको बस्तीपुरमा गराइदिन आग्रह गरेका थिए । तर सरकारले त्यसबारे कुनै चासो नदिइ तामझामका साथ पशुपति आर्यघाटमा अन्त्येष्टी गरेको छ ।

बरिष्ठ पत्रकार किशोर नेपालले गिरीले बस्तीपुरमै आफ्नो अन्त्यष्टि होस् भन्ने चाहेको बताएका छन्। ‘अन्ततः त्यही भयो, जुन नहोस् भन्ने चाहना थियो प्रदीप गिरीको । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदीप गिरीको चाहनाविपरीत पशुपति आर्यघाटको ‘रजगजपूर्ण’ वातावरणमा प्रहरीको शोकधुनका बीच अन्तिम संस्कार गरायो । उहाँ बस्तीपुर, सिरहामा आफूले स्थापना गरेको आश्रमको कुनै वृक्षको छहारीमा आफ्नो पार्थिव शरीर बिसाइयोस् भन्ने चाहनुहुन्थ्यो,’ नेपालले एउटा लेखका लेखेका छन् ।

उनले अगाडि लेखेका छन्,‘आफ्ना सहयोगीहरूलाई त्यसैअनुरूपको निर्देशन पनि दिनुभएको थियो । तर, त्यो निर्देशनको पालना उहाँको ‘परिवार’ ले त गरेन गरेन, सरकारले पनि त्यतातिर ध्यान दिएन । चुनावको मौसममा मधेसका हजारौं मतदाता रिझाउन पनि गिरीको पार्थिव शरीर त्यहाँ पुर्‍याउनु आवश्यक थियो । तर, गठबन्धनको घोडा कुदाउन व्यस्त रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसतर्फ विचार पुर्‍याउन सकेनन् । सिरहाका हजारौं जनता प्रदीप गिरीको अन्तिम दर्शनको आशामा बसेका थिए भन्ने केन्द्रीय सरकारलाई जानकारी हुनुपर्छ ।’

Advertisement

गिरीले आफ्नो मुलघरबाट एक किलोमिटर टाढा रहेको चरन स्थललाई २०४८ पछि आफ्ना बुबाको नाममा आश्रम निर्माणको काम थालेका थिए । बृक्षरोप गरेर संरचनाहरु निर्माण गरेपछि उक्त स्थानलाई मित्र सेवा आश्रम र गान्धी आश्रम भन्ने गरिन्थ्यो । उक्त आश्रमको उदघाटन नेता कृष्ण प्रसाद भट्टराईले गरेका थिए ।

लहान बजारदेखि करिब छ किलोमिटर उत्तर पश्चिममा पर्ने बस्तीपुर गाउँको पुर्खौली नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएका थिए । करिब छ बिघा क्षेत्रफलमा फैलिएको उक्त आश्रममा नेता गिरीले दलित तथा सुकुम्बासीलाई जग्गा दिएर बसाएका पनि छन् । बसाउनुभ छ ।एको

भारतका नेता जयप्रकाश नारायणले जस्तै कर्मप्रधान आश्रम बनाउने परिकल्पनाअनुसार उक्त आश्रम निर्माण भएको थियो । आश्रममा विसं २०५२ देखि काम गर्दै आएका ५५ वर्षीया जितनी राम, ५० वर्षीय गम्भीरमान लामा गिरीको निधनपछि चिन्तित बनेका छन् । आश्रममा सन्नाटा छाएको छ ।

आश्रममा अहिले अध्ययन केन्द्र, प्रशिक्षण केन्द्र, बालबालिका अध्ययन केन्द्र, गरिब सर्वसाधारणका लागि सहकारी, दलित सशक्तीकरणका लागि दलित जनकल्याण युवा क्लब, महिला अधिकार केन्द्र र फूलबारी रेडियो सञ्चालित छन् । उक्त आश्रमकै कुनै कुनामा गिरीले आफ्नो पार्थिव शरीरलाई अन्त्येष्टी होस भन्ने चाहेका थिए ।

तर सरकारले अन्त्येष्टिमा भाग लिन संघीय राजधानीमा रहेका कूटनीतिक नियोगका सदस्यहरु, अति महत्त्वपूर्ण व्यक्तिहरु र भारतबाट पनि नेताहरु आउने भएकाले अन्न्त्येष्टि पशुपति आर्यघाटमा नै गर्ने निर्णय लिइएको हो ।