April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

हाम्रो टीम नेपाल नामक संस्थाले बेरोजगारलाई रोजगारी दिने

2.9K

काठमाडौं – काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपाल नामक संस्थाले काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने भएको छ । 

हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले गाँस, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्मममा रोजगारी दिने योजना अनुसार काम भइराखेको बताए । अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरुलाई रासन पानीको व्यवस्था गरिदिएको र कोठा पनि नहुने व्यक्तिहरुलाई बस्ने र खाने व्यवस्था गरेको पनि उनले बताए । 

अब भने कोठापनि नहुने र काम पनि नपाउनेहरुलाई तराईको कुनैठाउँमा कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागिएको बताए । अहिले हाम्रो टीम नेपालमा खाना खान आउने मध्येका करिब ७०-८० जनालाई कृषि फार्मममा लगाउने पनि पन्तले बताए । 

Advertisement