दाङ – दाङको तुल्सीपुरमा गुडिरहेको बसमा आगलागी भएको छ ।तुल्सीपुर १३ बखरीयामा रा १ ख २३७४ नम्बरको यात्रुवाहक बसमा आज बिहान एक्कासी आगलागी भएको हो ।
बसमा रहेका यात्रु भने सुरक्षित रहेका प्रहरीले जनाएको छ ।बसमा ब्याट्री सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।गाडीमा १५/१६ जना यात्रुहरु भएको प्रहरीले बताएको छ ।