April 30, 2024, Tuesday
२०८१ बैशाख १८
1:37:26 pm

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासकाे मूल्य एक सिलिण्डरको १५७५ रुपैयाँ

२०७८ कार्तिक २४

6.2K

काठमाडाैं । कार्तिक १२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयल निगमले फेरि मूल्य बढाएकाे छ । नेपाल आयल निगमले डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको हाे । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।

हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । यससँगै एक सिलिण्डरकाे मूल्य १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ । यो मूल्य समाजयोजनपछि पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको दाबी छ ।

Advertisement