April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इटालीद्वारा नेपाललाई २० भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग

2.9K

काठमाडौं- नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत् इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ। ती उपकरण तथा सामग्री नेपाल आइपुगिसकेका छन्।

इटालीले नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्रमध्येको एक राष्ट्र हो । अन्य राष्ट्रहरुमा स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड रहेका छन्। लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको छ।

इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स् समावेश छन्।

Advertisement