April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोपा अमेरिका : पाराग्वेसँग चिली पराजित

3.9K

काठमाडौं– ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा चिली पराजित भएको छ।बिहीबार बिहान सम्पन्न खेलमा पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको हो।

पाराग्वेका लागि ब्रायन सामुडियो र मिगुएल अल्मिरोनले गोल गरे।खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २–० को जित दिलाए।

जितसँगै समूह ’ए’ को पाराग्वेले ३ खेलबाट ६ अंक जोडेको छ। पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

Advertisement

हारसँगै चिलीले समूहको शीर्ष स्थानमा उक्लने मौकाभने गुमाएको छ। ४ खेल खेलेको चिलीको  ५ अंक छ। तेस्रो स्थानको चिलीले यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ।