काठमाडौं– श्रीलंकामा देशभर लागु गरिएको यात्रा प्रतिबन्धको व्यवस्था अझै केही समय थप गरिएको छ।
जारी प्रतिबन्ध जुन २१ सम्म देशभरका लागि थप गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्
यसअघि लागु हुँदै आएको प्रतिबन्धात्मक व्यवस्थालाई निरन्तरता दिने विषयमा शुक्रबार निर्णय भएको उनीहरूले बताएका छन्।
कोरोनाभाइरसको महामारी अझै पनि नियन्त्रणमा आइनसकेकाले यात्रामा लगाइएको प्रतिबन्ध थपिएको अधिकारीहरुले जनाएका छन्।
सरोकारवाला तथा विज्ञसँगको बैठक र सुझावका आधारमा यात्रा प्रतिवन्धको अवधि लम्व्याउने निश्कर्षमा पुगेको श्रीलंकाका सेना प्रमुख शाभेन्द्र सिल्भाले जानकारी दिए।
राष्ट्रपति र प्रधानमन्त्रीद्वयले पनि यात्रा प्रतिवन्ध लम्ब्याउने कुरामा स्वीकृति दिएको कोरोनाभाइरस महामारी नियन्त्रण तथा व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहेका प्रधान सेनापति सिल्भाले बताए।
यसअघि लागु गरिएको यात्रा प्रतिबन्धसम्वन्धी व्यवस्था यही जुन १४ तारिखमा सकिने भएकाले १५ तारिखदेखि लागु हुनेगरी प्रतिबन्धको नयाँ व्यवस्था गरिएको हो।