November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इजरायल संसारको पहिलो मास्क मुक्त देश बन्दै

4.7K

एजेन्सी – विश्व कोरोना कालबाट गुज्रिरहेका बेला इजरायल संसारको पहिलो मास्क मुक्त देश बन्ने भएको छ । इजरायलमा बन्द स्थान.मा मास्क लगाउने नियम जुन १५ देखि समाप्त हुनेछ। इजरायलका स्वास्थ्यमन्त्री युली एडेलस्टेनले उक्त घोषणा गरेका हुन् ।

त्यहाँ पहिले नै बाहिर मास्क लगाउने नियम खारेज भइसकेको छ। स्वास्थ्य मन्त्री एडेलस्टेनले संक्रमणदर घटेमा प्रतिबन्ध पािन पूर्ण रूपमा हटाइने बताएका छन् ।

इजरायलमा भीड प्रतिबन्ध र आपसी दूरी जस्ता धेरै प्रतिबन्धहरू जुन १ देखि नै हटाइसकिएको छ । यद्यपि, विदेश यात्रासँग सम्बन्धित अधिकांश प्रतिबन्धहरू अझै हटाइएको छैन। नौ देशहरु को यात्रा अझै प्रतिबन्धित छ। त्यहाँ यी देशहरूबाट आउने यात्रीहरूका लागि क्वारेन्टाइनको नियम छ।

Advertisement

अर्कोतर्फ, इजरायलमा आइतवारदेखि १२ देखि १५ वर्ष उमेरका बच्चाहरूको कोरोना खोप पनि सुरु भएको छ।