April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पाकिस्तानमा दुई रेल एक आपसमा जुध्दा ३० जनाको मृत्यु

2.3K

पाकिस्तान– पाकिस्तानमा दुई रेल एक आपसमा जुध्दा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।

रेडियो पाकिस्तानका अनुसार दुर्घटना सोमबार विहान भएको थियो र मृतकको संख्या बढ्न सक्छ। पाकिस्तान रेलवेका प्रवक्ताका अनुसार मिल्लत एक्सप्रेस कराचीबाट सरगोधा र सर सैयद एक्सप्रेस रावलपिण्डीबाट कराची गइरहेको थियो।

दुर्घटनाका कारण मिल्लत एक्सप्रेसको आठ र सर सैयदको इन्जिनसमेत तीन डब्बा पटरीबाट बाहिरिएका थिए भने केही डब्बा खाडलमा पुगेका थिए।

Advertisement

यो दुर्घटना घोटको नजिक डहर तर्फ र रेतीको रेलवे स्टेशनको बीचमा भएको थियो।