April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

इजरायलमा १२ वर्षभन्दा माथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु

2.1K

काठमाडौं– इजरायलले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको छ।

सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णयअनुसार इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो।

इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि शुरु गरिएको थियो। पहिलो चरणमा मेडिकल स्टाफ, ६५ बर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो।

Advertisement

त्यसबेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ र १६ बर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो ।

इजरायलमा शनिबारसम्ममा करीव ५४ लाख ६० हजार मानिसहरूले खोप लगाइसकेका छन्। यो संख्या कुल जनसंख्याको ५८.५ प्रतिशत हो।