काठमाडौं-सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले सस्तो भएको छ।
सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ सस्तो हो। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्यसमेत उल्लेख्य घटेको छ। सोमबार एकै दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ। आइतबार ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि ११ सय २० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।